पोखरामा लागुऔषधसहित ५ जना पक्राउ, ४ वर्षपछि भेटियो अफिम

पाेखरा | भदौ ३, २०८०

पोखरामा लागुऔषधसहित ५ जना पक्राउ, ४ वर्षपछि भेटियो अफिम

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागुऔषधसहित ५जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, पुथाउत्तरगंगा गाउँपालिका–१ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका–५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन् ।
 

दिपेशले ५ किलो ७०० ग्राम अफिम लिएर पूर्वी रुकुमबाट पोखरा आएका थिए ।

 

कास्की प्रहरीका प्रवक्ता एवम् डिएसपी श्रवण कुमार बिकका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कास्कीको संयुक्ती टोलीले गएराति १० बजे दिपेशलाई पोखरा २५ हेम्जाबाट पक्राउ गरेको हो । भने विराज र तेजेन्द्रलाई लेकसाइडबाट पक्राउ गरिएको थियो ।

 

 

पूर्वी रुकुमबाट पोखरा आउने क्रममा दिपेशले बागलुङ–पर्वत–कास्की रुट प्रयोग गरेका थिए ।

 

यस्तै ठुलो  मात्राको लागुऔषधसहित पक्राउ परेका दुई जनालाई पनि कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ज्यू ठकुरी र पोखरा महानगरपालिका २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई आज (आइतबार) सार्वजनिक गरेको हो  ।
 

डिएसपी बिकका अनुसार उनीहरुको साथबाट बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजापाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की, मोबाइल सेट २ थान, ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडी बरामद गरेकोे छ ।
 

लागुऔषधसहित पक्राउ परेका पाँचै जनालाई लागुऔषध कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

 

 


 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्